काठमाडौँ। चितवनको निर्वाचन क्षेत्र नम्बर -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त प्राप्त गरेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलले जानकारी दिए ।
तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर -२मा ८७ हजार २ सय २१ तत खसेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्