काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।
१२ हजार ३७२ मत ल्याए थापा विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गरेका छन् भने नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत पाएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा झिनो मतले पराजित थापाले पहिलो पटकमै प्रतिनिधि सभा निर्वाचनमा जित निकालेकी हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्