Skip to content

एमाले उपाध्यक्ष विष्णु पौडेल पराजित, ४० हजार मतातन्तरले रास्वपाका सुलभ विजयी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुलभ खरेल भारी मतकासाथ विजयी भएका छन् । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरी उनलाई विजयी घोषणा गर्ने तयारी गरेको छ ।

पछिल्लो मत परिणाम अनुसार रास्वपाका खरेल ५१ हजार ७६७ मतका साथ अघि रहेका छन् । नेकपा एमालेका विष्णुप्रसाद पौडेलको ११ हजार ६६० रहेको छ भने नेपाली काँग्रेसका चुन्नप्रसाद पौडेलको मत ८ हजार ३९३ रहेको छ । आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

रुपन्देहीको क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार विजयी घोषणा भइसकेका छन् भने बाँकी ४ क्षेत्रमा पनि जित निकाल्ने पक्का भइसकेको छ ।
खरेलले आफू विजयी घोषणा भएपछि निर्वाचन कार्यालय बुटवल-११ देखि बुटवल देविनगरसम्म पैदल र्यालीमा गर्ने भएका छन् ।

खरेलले र्यालीमा सहभागी हुनका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत आह्वान गरेका छन्। रास्वपाले आन्तरिक तयारीसहित सहभागीका लागि सर्कुलर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार