Skip to content

गुल्मी-१मा सागर ढकालको फराकिलो जित, १५ हजार मतान्तरसहित विजयी

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर -१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।

ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

यस परिणामसँगै गुल्मी–१मा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हात पारेको छ। निर्वाचनमा प्रमुख दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भए पनि ढकालले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार