काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक–दुई वर्षपछि जनता फेरि पुरानै पार्टीमा हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘अहिलेको खराब परिणाम विशेष परिस्थितिको उपज हो, कुनै पार्टी, नेता वा उम्मेदवारको विषय होइन ।’
उनले ठूला इतिहास बोकेका ७०–८० वर्षदेखि स्थापित पार्टी, वृहत् संगठन संरचना भएका पार्टी, वर्षौंदेखि प्रशिक्षित लाखौँ क्रियाशील सदस्य भएका अनुशासित पार्टी, मधेश आन्दोलन गरेर आएका तथा पार्टी एकता गरेर आएका पार्टीका नेता तथा उम्मेदवारहरू सबैको हालत उस्तै भएको बताए ।
उनले भनेका छन्, ‘यो परिणामलाई कसैको व्यक्तिगत उपजका रूपमा नलिएर, परिस्थितिजन्य कुराको रूपमा स्वीकारेर अगाडि बढ्नुहोस् । अलिकति पनि निराश हुनै पर्दैन । जनताले दिएको आदेश स्वीकार गरौंँ, जितेकालाई सरकार चलाउन दिऔँ ।’
राउतले धेरै विश्लेषण र बहसमा अल्झिन नपर्ने बताउँदै भनेका छन्, ‘आफ्नो गाउँठाउँमा सबैसँग विनम्र भएरै पेश हुनुहोस्, सबैलाई धन्यवाद दिनुहोस्, र जनताको चरणमा आफ्नो सेवा जारी राख्नुहोस्, एक–दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ, फेरि जनता हामीतिरै आउँछन् । हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेण्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्दछ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्