Skip to content

सुनसरी–३मा रास्वपाका चौधरी विजयी, विजय गच्छदार झन्डै २७ हजार मतान्तरले पराजित

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ ।

चौधरी २६ हजार ९२० मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेकी भगवती चौधरी १५ हजार ८३ मतसहित तेस्रो र श्रम संस्कृति पार्टीका रामप्रसाद सदा १ हजार ७८० मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार