काठमाडौं । ललितपुर–२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार खरेलले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजयी हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार उनले उल्लेख्य मतान्तरसहित जित हात पारेका हुन्। खरेलको जितसँगै ललितपुर–२ मा रास्वपाले आफ्नो उपस्थिति बलियो बनाएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने मतगणना सम्पन्न भएसँगै आधिकारिक परिणाम सार्वजनिक गरिएको हो।
यसैबीच विजयी भएपछि खरेलले मतदाताप्रति आभार व्यक्त गर्दै आफूले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्