काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।
बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
निर्वाचनमा नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत पाएका छन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत ल्याएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्