Skip to content

सुन र चाँदी दुवैको मूल्य घट्यो

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार