Skip to content

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’

अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गर्दै उनले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार