Skip to content

आज र भोलि काठमाडौं-दुबई उडान हुँदै

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ । यसले मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत हुने भएको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ–दुबई उडान हुने भएको छ । यस्तै, दुबई–काठमाडौँ उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा हुनेछ ।

निगमले फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुले यो सेवा लिन सक्ने बताइएको छ । यसका लागि टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन आग्रह गरिएको छ ।

मध्यपूर्व तनावपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनमा हवाई सेवा बन्द गर्ने निर्णयपछि नेपाली यात्रु पनि समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार