Skip to content

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको पनि बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार