Skip to content

सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार