Skip to content

कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

कालोपाटी

१४ मिनेट अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् ।

विहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुनेगरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् ।

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो।

सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर जीर्णोद्धारका लागि प्रयोग हुने झिँगटी, काठ लगायतका छानासँग सम्वन्धित अवयवहरुको जीर्णोद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपियाँ लागत अनुमान गरिएको थियो । खुला प्रतिस्पर्धाबाट छानिएको निर्माण पक्षले ७१ लाख २४ हजार ६८९ रुपियाँमा निर्माण कवोल गरेको छ ।

अनुगमनमा क्रममा कार्यवाहक प्रमुख डंगोलले कुमारी वहाल काठमाडौंको अनुहार भएको उल्लेख गर्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताइन् ।

‘जीर्णोद्धार सुरु हुनुअघि सरोकारवाला तथा स्थानीयसँग पटक पटक छलफल गरेपछि प्राविधिक अध्ययन ग¥यौँ । कानुनी र प्रशासनिक प्रक्रियाका विषयमा छलफल ग¥यौँ । यस क्रममा प्राप्त भएको प्राविधिक प्रतिवेदन र साझेदारसँगको सहमतिका आधारमा काम थालनी गरिएको हो । सार्वजनिक महत्वको यस कामलाई सफल बनाउन सबै एकै ठाउँमा उभिनुपर्छ,’ उनको भनाइ थियो ।

अनुगमनका क्रममा जीर्णोद्धार गर्दा कुमारी घरबाट दैनिक सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, अन्य भौतिक संरचनासँगका छानाको सम्बन्ध र छानो मर्मत गर्दा अन्य संरचनाको वचावटका विषयमा सहभागी सरोकारवाला र स्थानीयसँग कुराकानी भएको थियो ।

हनुमानढोका दरवार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ । निर्माण कार्य गर्दा पूर्व र उत्तरतर्फको छानोलाई पहिले मर्मत गरिने छ । त्यसपछि मात्र पश्चिम र दक्षिण तर्फको छानो मर्मत गरिनेछ ।

हनुमानढोका दरवार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार