काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । काभ्रे पुगेका नेता पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए ।
विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे ।
आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे ।
उनले भने, ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंस गर्नेको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौँ, तर उस्तै खालका पुराना होइनौँ । हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ । फेरि जनतामा जान्छौँ।’
उनले कुनै अहङ्कार, विचलन, निराशा नभई शहीदहरूको बलिदानलाई आत्मसात गर्दै नयाँ ढङ्गले धुलो टक्टकाएर उठ्ने सङ्कल्प पार्टीले गर्नुपर्ने बताए।
पुनले थपे, ‘१० वर्षे जनयुद्धका बेला पनि धेरै पटक ठूलठूला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौँ । हाम्रो अहिलेसम्मको विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली, तौरतरिकाहरूलाई एकपटक ठन्डा दिमागले पुर्नमूल्यांकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’
जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरूलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए । पुनले जनताले गरेको खदरदारीलाई सच्चिनका लागि दिएको अवसरका रूपमा ग्रहण गर्नुपर्ने स्पष्ट गरे ।
कुनै बेला देशभर जम्मा ६० जना पूर्णकालिन कार्यकर्ता लिएर प्रचण्डले जनयुद्धको नेतृत्व थालेको स्मरण गर्दै उनले धेरै मानिसले जनयुद्धबाट परिवर्तन गर्छौँ भन्दा मूर्खता ठानेको चर्चा गर्दै त्यही जनयुद्धले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धि हासिल भएको बताए ।
६० जनाले थालेको जनयुद्धमा हजारौँ किसान, मजदुर, बुद्धिजीवी र आमजनताले समर्थन गरेर ठुलो रूपमा लिएको भन्दै उनले फेरि रूपान्तरित भएर मुलुकको नेतृत्व लिने पार्टी निर्माणमा लाग्न सबैलाई अपिल गरे ।
प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले १८ महिना भ्रष्टाचारविरुद्ध सशक्त रूपमा सुशासन अभियान चलाएको र सोही अभियान समातेर जेनजी नवयुवाहरूले २३ भदौमा आन्दोलन गरेको दाबी पुनले गरे । प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्तामा पुगेका कांग्रेस र एमाले सम्मिलित सरकारको कुशासनविरुद्ध पटकपटक खबरदारी गर्दा पनि सुनुवाइ नभएको र सोही कारण २३ र २४ भदौको घटना भएको उल्लेख गरे ।
‘देश कता जाँदै छ, जनता कता जाँदै छ भन्ने हामीले थाहै नपाएको अवस्था होइन । पुनले भने, ‘बंगलादेश श्रीलंकाजस्तो विस्फोट हुँदै छ भनेर तत्कालीन सत्तारुढ दलहरूलाई सडक र सदनबाट सचेत गरायौँ । तर, सुनुवाइ भएन । जेनजी विद्रोहको रूपमा जनभावना विस्फोट भयो । ’
निर्वाचनमार्फत झन्डै दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुशासन, समानता तथा रोजगारीको अभियान चलाउन तथा सन्तुलित कूटनीतिक सम्बन्धमार्फत मुलुकको अस्तित्व र स्वाधीनता बलियो बनाउने काममा लाग्न सुझाव दिँदै पुनले ती काममा आफूहरूको सहयोग हुने प्रतिबद्धता जनाए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्