काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो । इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो शेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्