Skip to content

बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ बस्ती अन्धकार थिए ।

लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो । विच्छ्या खोलामा आएको बाढीले विद्युत् नहरसँगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षति समेत गरेको थियो।हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुला चौर लगायतका बस्तीमा बिजुली सञ्चालनमा आएको हो ।

अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र धुला चौरसहित वडा।नम्बर ४ फैति,बोर्ता, वडा नं ५ रुँगिन, नदा पाटा र वडा नं ६ धिमा बस्तीमा विद्युत् सेवा प्रभावित बनेको थियो । ७ महिनासम्म यी बस्तीका नागरिक अँध्यारोमा दिन बिताउँदै आएका थिए । अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा अवरुद्ध विद्युत् सेवा सुचारु गरिएको हो ।

विद्युत् अवरुद्ध भए यता यहाँका नागरिकले सोलार, टुक्की र मैनबत्ती बाल्ने गरेका थिए ।

त्यस्तै धुला चौर बजारमा लामो समय देखि विद्युतीय उपकरणहरू नचल्दा व्यापारीहरूलाई व्यवसायमा घाटा व्यहोर्नु परेको थियो । सात महिनापछि पुनस् धुला चौर बजारमा विद्युतीय सेवा आपूर्ति हुँदा बजार व्यवसायी निकै खुसी भएको बजार व्यवसायी गणेश शाहीले जानकारी दिए ।

हिमाली गाउँपालिका र खत्याड गाउँपालिका मुगुसँग सम्झौता गरेपछि धुला चौर बजारमा लगायत अन्य गाउँ बस्तीमा पुनःविजुली सञ्चालन आएका हो । सात महिनापछि बिजुली बल्दा स्थानीयहरू हर्षित भएका छन्।खत्याड गाउँपालिका मुगु विद्युत् सेवासँग हिमाली गाउँपालिकाले सम्झौता गरेर सेवा विस्तार गरेको हो ।

२०८३ असार महिनासम्मका लागि सम्झौता गरेर विद्युत् सेवा विस्तार गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए । आवश्यकता अनुसार सम्झौता थप गर्ने समेत उनले जानकारी दिए।विद्युत् सेवा विस्तार भयसँगै गाउँपालिका केन्द्र धुला चौरमा बिजुलीबाट चल्ने मेसिनका साथै दैनिक विद्युतीय कामको लागी सहयता भएको गाउँपालिकाले जनाएको छ ।

०७८ फागुनमा कवाडी लघु जलविद्युत् परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत् सेवाको उपभोग गरिरहेका थिए । खोलामा आएको बाढीले नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट वञ्चित भएका थिए। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारमा समेत क्षति पु¥याएको थियो ।

देशकै अति दुर्गम पालिकाको रूपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ । शिक्षा,स्वास्थ्य,यातायात,विद्युत्, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगतिसमेत गरेको हो ।गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियान अन्तर्गत का दुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा बिजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ ।

वर्षौँदेखि टुकी, झरोको सहायताले अँध्यारोमा रात कटाउँदै आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रूपमा साकार हुँदै गएको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । विभिन्न सहयोग निकायको समन्वयमा गाउँपालिकाका दुई चार गाउँ बस्ती बाहेक अन्य सबै बस्ती बिजुलीको पहुँचमा रहेको अध्यक्ष मल्लको भनाई छ । विगत सात महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार