काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ ।
गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
पश्चिम एसियाली मुलुकमा बढेको द्वन्द्वले तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने चुनौती छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएसँगै मूल्यवृद्धि बढ्न थालेको छ । यहीं कारण विश्वव्यापी रुपमै ब्याजदर बढाउन दवाव पुगिरहेको छ, जसले सुनचाँदीको मूल्यलाई दवाव दिइरहेको छ ।
सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।
एक सातामा चाँदीको भाउ प्रतितोला ८४० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्