काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनशिप आजदेखि माल्दिभ्समा शुरू हुँदैछ ।
उद्घाटन खेलमा नेपालले दिउँसो साढे ४ बजे मालेमा रहेको नेशनल स्टेडियममा भूटानसँग खेल्दैछ । आजै राति सवा ९ बजे माल्दिभ्स र श्रीलङ्का खेल्दैछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित, नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका छन् ।
दक्षिण एशियाका ७ वटा टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल आउँदो अप्रिल ३ मा हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्