काठमाण्डौ । आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।
भाउ घटेर आज सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ लगातार ६ कारोबार दिन घटेको हो । गएको मङ्गलवार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।
सुन घटे पनि आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर चार हजार ५०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्