Skip to content

विचारधारा डटकमले सार्वजनिक गर्‍यो डिजिटल निगरानी प्लेटफर्म

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । डिजिटल पत्रकारितामा नयाँ प्रयोग गर्दै विचारधारा डटकम ले प्रधानमन्त्री बालेन शाह को १०० दिने कार्ययोजना र नयाँ सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी कारबाहीको निगरानीका लागि विशेष वेब एप सार्वजनिक गरेको छ।

यस पोर्टलले सरकारको प्रगति विवरण, कानुनी कठघरामा उभिएका व्यक्तिहरूको वर्तमान अवस्था र भ्रष्टाचार विरोधी कारबाहीमा रहेका तथ्याङ्कलाई प्रत्यक्ष र तथ्यगत रूपमा प्रस्तुत गर्दछ। यो एपले दुई प्रमुख क्षेत्र समेटेको छ।

पहिलो, १०० दिने कार्ययोजना ट्र्याकर, जसले प्रधानमन्त्रीले पदभार सम्हालेपछि सार्वजनिक गरेका लक्ष्यहरू कुन चरणमा पुगेका छन् र कति प्रतिशत काम सम्पन्न भयो भन्ने जानकारी प्रत्यक्ष हेर्न मिल्ने सुविधा दिन्छ। दोस्रो, जेल ट्र्याकर, जसले भ्रष्टाचारका पुराना र गम्भीर फाइलहरूमा कारबाहीमा आएका व्यक्तिहरू (जस्तै: भुटानी शरणार्थी, ललिता निवास प्रकरण)जेल, धरौटी वा फरार अवस्थामा छन् भन्ने विवरण समेटेको छ।

वेब एपको माध्यमबाट नागरिकले कुनै पनि समयमा आफ्नो मोबाइल वा कम्प्युटरबाटै सरकारको प्रगति, भ्रष्टाचार विरोधी अभियान र प्रधानमन्त्रीको ‘रिपोर्ट कार्ड’ जाँच गर्न सक्नेछन्। यसले सरकारी आश्वासन र वास्तविक उपलब्धिको बीचको खाडल देखाउँदै नेतृत्वलाई जवाफदेही बनाउने काम गर्दछ। साथै, तथ्याङ्कमा आधारित सूचना उपलब्ध गराएर भ्रामक खबर र अफवाहबाट नागरिकलाई बचाउने उद्देश्य राखिएको छ।

विशेषज्ञहरूले यसलाई डिजिटल पत्रकारितामा नयाँ मानकको रूपमा हेरेका छन्। यस अभ्यासले समाचार मात्र प्रदान नगरी, प्रविधिको प्रयोग गरेर शासन प्रणालीको ‘अडिट’ गर्ने अभ्यास सुरु गरेको छ, जसले नेपाली मिडिया क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

साथै, यो एपले सुशासनमा दबाब सिर्जना गर्ने माध्यमको रूपमा काम गर्नेछ। कार्ययोजनाको प्रगति कम देखिएमा नागरिकस्तरबाट तत्कालै दबाब सिर्जना हुने वातावरण तयार हुनेछ। डिजिटल अभिलेखले भ्रष्टाचारमा संलग्न पहुँचवाला व्यक्तिहरू पनि कानुनी दायरामा रहने र समाजमा विधिको शासनप्रति विश्वास बढ्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार