Skip to content

प्रतिनिधिसभामा रविको भावुक अभिव्यक्ति, दलित समुदायसँग मागे माफी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् ।

‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ रु,’ उनले भने, ‘यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ ।’

सरकारका तर्फबाट उनले दलित समुदायसँग पनि माफी मागे । ‘यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट,’ उनले भने ।

उनले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको उनले बताए । ‘अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्नेछैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार