Skip to content

‘न्यायको पहिलो हक शहीद परिवारलाई’: रवि लामिछाने

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
उहाँले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरुलाई हुने बताउनु भयो । उहाँले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । त्यो जति हतारो अरू कसैलाई पनि छैन । न्यायको हक सबैलाई छ, तर शहीदको आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ । हामी पब्लिक अडिटमा छौँ । हाम्रा हरेक क्रियाकलाप, अभिव्यक्ति, राजनीतिक अभ्यास र निर्णयहरू आम नागरिक सामु छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताउनु भयो । उहाँले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । उहाँले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार