काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको उल्लेख छ।
यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक तर्फ ११.३३५, पहाडी मालवाहक तर्फ १४.२९५ र तराई मालवाहक तर्फ ८.८१५ भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीहरूले हालको मूल्यवृद्धिका कारण दैनिक लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको बताएका छन्। महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको छ। माग पूरा नभए व्यवसायीहरूले आफैँ भाडा तोकेर असुल गर्ने चेतावनी समेत दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ुअब उप्रान्त घाटामा व्यवसायीले सेवा सञ्चालन गर्न नसकिने भएकोले सेवा बन्द गर्नु पर्ने वा वैज्ञानिक विधिलाई आधार मानी भाडा स्वघोषणा गरी लिने विकल्प छैन।ु
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्