काठमाण्डौ । पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा झण्डै ५०० वटा विद्युतीय गाडी भित्रिएका छन् । एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्य पर्ने ४९७ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको हो ।
ती विद्युतीय गाडीको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गएको आर्थिक वर्षको ७ महिनामा ४३ करोड एक लाख मूल्य पर्ने १६५ वटा विद्युतीय गाडी आयात भएका थिए । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गएको वर्षको सात महिनाको तुलनामा यो आर्थिक वर्षमा विद्युतीय गाडीको आयात निक्कै बढेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड मूल्य बराबरका गाडी तथा गाडीका पार्टपुर्जा भित्रिएका वीरगन्ज कार्यालयले जनाएको छ । जबकि गएको वर्ष सात महिनामा १७ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरको गाडी र पार्टपुर्जा आयात भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्