Skip to content

सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलायो

कालोपाटी

८ घण्टा अगाडि

काठमाण्डौ । सरकाले ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । राजनीतिक कोटाबाट नियुक्ति पाएका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ वटा मिसनहरुमध्ये १७ वटामा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशील कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरुलाई फिर्ता बोलाए पनि ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् ।

अस्ति आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा ९भारत०, चित्रलेखा यादव ९अस्ट्रेलिया०, पुर्णबहादुर नेपाली ९श्रीलंका०, शिवमाया तुम्बाहाम्फे९दक्षिण कोरिया०, सुम्निमा तुलाधार ९डेनमार्क० र कपिल श्रेष्ठ ९दक्षिण अफ्रिका०लाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरुलाई एक महिनाभित्र फर्किन परराष्ट्र मन्त्रालयले हिजो पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार