काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन्
।मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताए ।
मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उनको तर्क थियो ।
‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू थिए नि त । अनि थाहा पाईएन भनेर सुख पाइन्छ रु आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्यो, विरायो भने विराएछ भनेर भन्न त सक्नु पर्यो नि त । ल म क्षमा माग्छु पनि भन्नुपर्यो,’ पुनले भने, ‘क्षमा मागेर को मान्छे घटछ रु घट्दैन नि ।
विराएको कुरा, गल्तीभएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने रु त्यो मेरो आफ्नो मनको कुरा हो ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्