Skip to content

राष्ट्रिय सभाका ४ समिति सभापतिहरूले लिए शपथ

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ लिने सभापतिहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल रहेका छन् ।

नवनिर्वाचित सभापतिहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार