काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार रूबीकुमारी ठाकुरलाई सघाउने औपचारिक निर्णय गरेको छ।
प्रतिनिधि सभाको बैठक बस्नुअघि बसेको रास्वपा संसदीय दलको बैठकले रुवीकुमारीको पक्षमा मतदान गर्न निर्णय भएको प्रवक्ता मनिष झाले बताए।
उपसभामुखको निर्वाचन आज हुँदै छ। राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दिएकी छन्।
४ बजे बस्ने उपसभामुखको निर्वाचन हुने कार्यसूची छ। त्यसअघि ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्