Skip to content

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेलाको मौसम सफा छ ।

दिउँसोपछि केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगातय बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भू(भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै ठाउँहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार