Skip to content

‘राजनीतिमा युवाहरूको संलग्नता बढ्दै जानु उत्साहको विषय हो’ : पूर्वराजा शाह

कालोपाटी

४ मिनेट अगाडि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिंढी संलग्नता बढ्दै जानु उत्साहको विषय भएको टिप्पणी गरेका छन् ।

सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ,’ सम्बोधनको क्रममा उनले भनेका छन् ।

साथै, उनले वितेका केही वर्ष विकासका दृष्टिले देश झनै कमजोर भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।‘वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं,’ पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन्, ‘तर त्यो कोरा परिवर्तनमात्रै भयो ।

दलदलको खलबलमा हामी धेरै दगुरियौं । तर राष्ट्रको श्री वृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार