काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ ।
बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । ‘मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ । उत्तरपुस्तिका पनि आइरहेको छ,’ उनले भने ।
एसईई १९ देखि २९चैतसम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको हो । हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ ।
‘अन्य जिल्लाको आउने क्रममा छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने ।बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ । इन्ट्रीका लागि मात्र १७ जना कर्मचारी खटिएका छन् । समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन समेत कर्मचारीहरूले काम गरिरहेका छन् । सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बोर्डले त्रुटि नुहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने गरेको भन्दै सरकारले छिटो नतिजा निकाल्ने नीति लिएको हो ।
यसवर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । जापानको एक केन्द्रबाट परीक्षा दिने २३ जना छन् । एसईई सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको थियो
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्