Skip to content

नेप्से सूचक ३३ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । बुधबार शेयर बजार परिसूचक नेप्सेमा ३३ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३३.२७ अंकले बढ्दै २ हजार ८६६.८७ अंकमा उक्लिएको हो ।

यस दिन १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा बढी ३.१४ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक २.३३ प्रतिशत र हाइड्रो पावर समूहको उपसूचक २.१४ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

२२१ कम्पनीको शेयर मूल्य बढ्दा आज ४५ वटा कम्पनीको मूल्य घट्न पुगेको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार