काठमाडौं । डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको बताए ।
‘एउटै घरमा डेरामा बसेको चाररपाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्यो भने घरधनीलाई सोधपुछ गर्दा केही थाहा हुँदैन,’ एसपी भट्टराईले भने, ‘कम्तीमा पनि यस्ता घटना नदोहोरिन् भाडामा बस्नेहरुको विवरण राख्न अनुरोध गरेका हौं । यो बाध्यकारी होइन ।’
अझ घरधनीले पुलिस क्लियरेन्स रिपोर्ट माग गरेको अवस्थामा कस्ता पृष्ठभूमिका मान्छे बस्न लागेको छन् रु भन्नेसम्म खुल्ने हुँदा पुलिस रिपोर्टसम्म घरधनीले माग्नसक्ने प्रहरीले बताएको छ ।
जसले गर्दा कुनै घटनामा संलग्न नै नभएकाहरुले अनावश्यक रूपमा प्रहरी सोधपुछ तथा हैरानीमा पर्न नसक्ने प्रहरीले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्