Skip to content

‘पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु’ : गृहमन्त्री गुरुङ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् ।

‘‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार