काठमाण्डौ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको ज्यान गएको घटनामा न्याय माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू धर्नामा बसेका छन् ।
खगेन्द्र सुनार, रीमा विश्वकर्मा सहितका सांसदहरू हिजो बेलुकादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना बसेका हुन् । सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका श्रीकृष्णले खोटाङकी १७ बर्सिया किशोरीसँग प्रेम विवाह गरेपछि बलात्कारको आरोपमा पक्राउ परेका थिए ।
ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ गरी सिन्धुलीको खुर्कोट पठाएका विक वैशाख ७ गते हिरासतमा ज्यान गएको हो । प्रहरीले बिक झुण्डिएको अवस्थामा अचेत भेटिएका दाबी गरेको छ भने परिवार र आफन्तहरूले प्रहरीको कुटपिटबाट ज्यान गएको आरोप लगाएका छन् ।
हिरासतको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्