Skip to content

डोजर तयारीपछि सुकुम्बासी बस्तीमा आक्रोश, प्रधानमन्त्रीविरुद्ध नाराबाजी (सात तस्विर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । सरकारले शनिबार सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। सोही क्रममा जेनजी एलाइन्स मुभमेन्टको नेतृत्वमा बस्तीमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिएको छ। प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउन खोजिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्। उनीहरूले बासस्थानको सुनिश्चितता नगरी डोजर चलाउनु अमानवीय भएको आरोप लगाए।

प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा तनाव सिर्जना भएको थियो। स्थानीयले आफ्नो अधिकारको संरक्षण गर्न अन्तिमसम्म संघर्ष गर्ने चेतावनी दिएका छन्।यता सरकारले भने सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत डोजर चलाउन लागिएको जनाएको छ। सम्बन्धित निकायले शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार