काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।
आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो । बुधबारयता लगातार तीन कारोबार दिन सुनको भाउ घटेकोमा आज बढेको हो । शुक्रबार तोलामा २ हजार २०० रुपैयाले घटेको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर तोलाको ४ हजार ९९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्