Skip to content

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

कालोपाटी

२६ मिनेट अगाडि

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले एउटा मात्रै जारी गर्नुभएको हो ।

सरकारले सहकारीसहित संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो ।

अध्यादेशहरूमाथि राष्ट्रपति पौडेलले संविधान र कानूनविद्हरूसँग परामर्श गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार