Skip to content

आइतबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

कालोपाटी

४ घण्टा अगाडि

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । चाँदीको बढेको छ । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार