काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ६३ अङ्कले घटेर २ हजार ७०४ दशमलव ०८ विन्दुमा झरेको छ । शेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो ।
आज माइक्रोफाइनान्स बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक साढे २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २४० वटा कम्पनीको शेयर घटेकोमा २७ वटाको बढेको छ । आज रसुवागढी हाइड्रोपावर र स्वरोजगार लघुवित्तको शेयर भने घटबढ भएको छैन ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै साढे १२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर भने १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीका १ करोड ७४ हजार कित्ता शेयर ४ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्