काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ४ अर्ब २६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३५ वटा धितोपत्रको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन्।
यसदिन, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ११.१६ प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३८ रूपैयाँ पुगेको छ।यस्तै, सोलु हाइड्रोपावरको मूल्य ७.५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७१८ रूपैयाँ ५० पैसा कायम भएको छ।सर्वाधिक मूल्य घट्नेमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ।
उक्त कम्पनीको मूल्य ९.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १४३ रूपैयाँमा झरेको छयसैगरी, सुपर खुदी हाइड्रोपावरको मूल्य ३.१३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३० रूपैयाँमा सीमित भएको छ।
मंगलबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको ७१८ रूपैयाँ ५० पैसामा २३ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ।उक्त कम्पनीको तीन हजार ७५० रूपैयाँमा १२ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ बाँकी ६ समूहको परिसूचक घटेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्