Skip to content

अझै दुई हप्ता वर्षा र बदली हुने

कालोपाटी

५ घण्टा अगाडि

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानदेखि पानी परेको छ । बिहानदेखि रातिसम्म पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ ।

उहाँका अनुसार वर्षा र बदलीको यो अवस्था अझै दुई हप्तासम्म रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिनमा पनि पर्सि शनिबारसम्म नै पानी पर्ने उल्लेख छ । अहिले पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर–पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघ गर्जन-चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । केही दिनयता लगातार जसो पानी परिरहेको छ ।

प्रि(मनसुनमा वर्षा धेरै भए पनि नेपालमा यस वर्षको मनसुन अवधिमा भने औसतभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने अनुमान गरिएको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ९सास्कोफ० ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको मध्य क्षेत्रमा यस वर्ष कम वर्षा हुनेछ ।

यसका मुख्य कारण प्रशान्त महासागरमा विकसित एल निनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलमा आएको प्रतिकूल परिवर्तन रहेका छन् । यसले कृषि उत्पादन र जलविद्युत आपूर्तिमा समेत प्रतिकूल असर पर्न सक्ने मौसमविदको चिन्ता छ ।

विज्ञहरूले कम वर्षामा हुने वैकल्पिक बाली छनोट गर्न र पानीको भण्डारण गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार