काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको बजेट अधिवेशन प्रभावकारी बनाउन सांसदहरूले स्पष्ट दृष्टिकोणसहित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । संसद् नागरिकको आशालाई विश्वासमा बदल्ने थलो बन्नुपर्ने उनको भनाइ छ।
सकारात्मक काममा पूर्वाग्रहविना सरकारलाई सहयोग रहने बताउँदै नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सफलताको शुभकामना दिएका छन् । सरकारको सफलता प्रश्न,
दबाब, जवाफदेहिता, रूपान्तरण तथा नीति–थिति र गतिमा निर्भर रहने शर्माले बताएका छन् ।
उनले सत्तारुढ दल रास्वपाका सांसदहरूले संसद्मा खेलेको भूमिकाप्रति नै प्रश्न उठाए।
शर्माले भिडिओ सन्देशमा भनेका छन्, ‘यसो सोचेँ, संसद् डेढ-दुई महिना चलेर सकिएपछि तिनले कस्तो प्रश्नको सामना गर्नु पर्ला, संसदभन्दा बाहिर रु संवैधानिक परिषद्लाई भताभुङ्ग बनाइयो संसद्को मौन धारण ! अदालतलाई रबर स्ट्याम्पमा बदल्ने प्रयासमा नयाँ अवतार प्रकट भयो मौन धारण ! भ्रष्टाचारको मुद्दा लागे पनि सांसदको लोगो लगाइ राखेर संसद् जान पाइने, निलम्बन नहुने नयाँ नियमावली आयो मौन धारण ! ’
उनले थपेका छन्, ‘बाटोमा भेटिँदा कुनै युवाले सोध्न सक्नेछन् मेरो १२ कक्षाको परीक्षा चलिरहेको थियो। विकल्प पनि नदिइकन त्यतिबेला हाम्रो टहरा भत्काइयो नि, यो विषय संसद्मा उठाउनु भयो ? माननीयज्यूरु त्यतिबेला पनि के गर्ने ? मौन धारण ! कुनै बुढी आमाले पक्कै सोध्नु हुनेछ, घर भत्काउन लागेपछि नदीमा हाम्फालेर मेरो छोराले प्राण त्याग गर्यो। तपाईँले त्यो कुरा संसद्मा उठाउनु भयो ? त्यतिबेला पनि मौन धारण !’
सुकुमबासी समस्या समाधान आवश्यक भए पनि त्यसलाई मानवीय दृष्टिकोणबाट हेर्नुपर्नेमा उनले जोड दिए। बुद्ध पूर्णिमाको दिन काठमाडौंको एक बौद्ध गुम्बामा डोजर चलाइएको घटनाप्रति पनि उनले असन्तुष्टि जनाउँदै सरोकारवालासँग समन्वय गरेर परिपक्व ढङ्गले समस्या समाधान गर्नुपर्ने बताए।
उनले भनेका छन्, ‘एउटा प्रचलित मान्यता छ यो प्रश्न संसद्मा तपाईँले उठाउनु भयो ? भनेर कसैले संसद् सकिएपछि सोध्दै गर्दा गर्ने के रु मौन धारण ! कसैले सडकमा सोध्न सक्छन्, प्रधानमन्त्रीले कुनै बेला स्वर दिएको गीत गरिबको चमेली बोलदिने कोही छैन ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्