काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने दाबी गरेको छ ।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँकाअनुसार स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायि बजेट लागू गरिनेछ । असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समूदायमै संरक्षण तथा पुर्नस्थापन सेवाको व्यवस्थापन गरिने समेत घोषणा गर्नुभयो ।
उहाँले अपांगता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने सरकारको नीति रहेको बताउनु भयो । उहाँले सार्वजनिक संरचनालाई पूर्णमैत्री अपांगमैत्री बनाइने बताउनु भयो ।
उहाँले गैरआवासीय संथामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्न कानूनी सुधार गरिने समेत बताउनु भयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्