Skip to content

नोबेल एकेडेमीमा ‘लुटतन्त्र’ आरोप: भर्ना आश्वासन खोक्रो, अभिभावक आक्रोशित

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमी मा कक्षा ११ का विद्यार्थी र अभिभावकहरूले कलेज प्रशासनको अव्यवस्था र चर्को शुल्कप्रति गम्भीर गुनासो गरेका छन्।

भर्ना समयमा दिइएका आश्वासन पूरा नभएको, प्रयोगशाला र अतिरिक्त क्रियाकलापका नाममा शुल्क उठाइए पनि सुविधा न्यून रहेको, साथै तोकिएको पसलबाट मात्र महँगो किताब किन्न बाध्य पारिएको आरोप अभिभावकहरूले लगाएका छन् ।

विद्यार्थीको ढिलाइ वा अनुपस्थितिमा जरिवाना, क्यान्टिनमा बाध्यता, तथा शिक्षक बारम्बार परिवर्तन हुँदा पढाइ प्रभावित भएको गुनासो पनि उठेको छ।

अभिभावकहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन गरी शैक्षिक अधिकार सुरक्षित गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार