काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ पक्राउ गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाउँबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६४० मिलिग्राम सहित ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका-८ बस्ने ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौं गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, मोरङ पथरीशनिश्चरे नगरपालिका-८ कुशल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार २ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ३२० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुबारीबाट नियन्त्रित लागूऔषध स्पास्मो ४८० ट्याब्लेट सहित सोही नगरपालिका-११ मसिना बस्ने ३३ वर्षीय बर्कत अलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरीले भारतबाट खुनगाईतर्फ आउँदै गरेको लु.४७ प ३८११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-५ चाप्रमारीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका—५ बस्ने २६ वर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका-६ बस्ने २० वर्षीय प्रदिप रसायली रहेका छन् । अस्थायी प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ स्थित आर बि होटलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२० मिलिग्राम सहित होटलका संचालक सोही ठाउँ बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-७ घर भएका ३६ वर्षीय तिलक बहादुर वली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १६० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने ३० वर्षीय तेज बहादुर बिटालु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने १९ वर्षीय सोहन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.१ ह २२११ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि प्रहरीले अटो चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६६० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय दिच्छु चौधरी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा६२ प २९७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय रोशन धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-३ मादेन डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई लागूऔषध गाँजा करिब ९२ किलो सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानी समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गजरौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८० मिलिग्रामसहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गुलरिया बस्ने ३१ वर्षीय पारस जोशी, सोही नगरपालिका-६ मौरीफाटा बस्ने २३ वर्षीय भरत रोकाया र सोही नगरपालिका-७ कलुवापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट लागूऔषध गाँजा २१ किलो ३१० ग्रामसहित पर्सा बिन्दबासिनी गाउँपालिका-४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्