Skip to content

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाल प्रहरीको विभिन्न चरणका परीक्षाहरूमा उत्तीर्ण गराई जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर १ गुराँसे बस्ने ३० वर्षका लक्ष्मण बिक रहेका छन्। उनले विभिन्न मितिमा मानिसहरूलाई प्रहरीमा भर्ना गराइदिने आश्वासन दिँदै रकम माग गरी ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार विकलाई गत इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका विकमाथि थप कानुनी कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार