काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने उल्लेख छ ।
प्राधिकरणका अनुसार हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्