Skip to content

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ ।

अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार ६५ रुपैयाँले बढेको चाँदीको भाउ आज १०५ रुपैयाँले घटेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको ५ हजार ११५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार